Shikhar Insurance
National Life

रेमिटान्स २३.४ प्रतिशतले बढ्यो, शोधनान्तर बचत भने २ खर्ब १४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा चालु आवको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिटान्स आएको छ । यो रेमिट्यान्समा भएको २३.४ प्रतिशतको वृद्धि हो । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स शून्य दशमलव ५ प्रतिशतले मात्रै बढेको थियो ।

रेमिटान्स बढ्दा शोधनान्तर बचत भने २ खर्ब १४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरको अवस्था २ खर्ब ८८ अर्ब ५० करोड ऋणात्मक रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा चालु खाता भने ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्