Shikhar Insurance
National Life

कोरियाको रेमिट्यान्स हानपास कम्पनीबाट अब नेपालीले सहजै रकम पठाउन सक्ने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १३:२२
Hyundai
NCELL
NIMB

काठमाडौं। कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने भएको छ । रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्यूङ हुनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब नेपालीहरूले नेपाल रेमिटमार्फत कोरियाको रेमिट्यान्स् एजेन्टबाट मात्र नभइ मोबाइल एप, मोबाइल वालेटबाट नेपालका कुनै पनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटाभन्दा बढी वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाइल एप तथा वालेटबाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरूले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ । अबदेखि नेपालीले नेपाल रेमिट मार्फत छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन सकिने कम्पनीले जनाएकाे छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्