Skip to content
Shikhar Insurance
National Life

बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज, लागत ३ करोड १९ लाख

Hyundai
NCELL
NIMB

भाेजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको ३ करोड १९ लाख रूपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वडा नं १२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो । पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए। “बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ”, प्रमुख महतोले भने, “तोकिएको मापदण्डानुसार गुणस्तरीय ढङ्गले निर्माण भएको छ, यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ ।” पच्चीस मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ ।

त्यस्तै सोही स्थान जनिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गङ्खुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त पुल प्रदेश सरकारको ५ करोड ४१ लाख रूपैयाँ लागतमा निर्माण भइरहेको प्रमुख महतो बताए। ५० मिटर लम्बाइ रहेको दुई स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ । “यी दुई पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ”, उनले भने, “यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।” अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले बताए ।

गङ्खुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाले बताए। पुल आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । “यो पुललाई तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ”, शेर्पाले भने, “आगामी असोजसम्म सम्पन्न गर्ने हाम्रो योजना छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्