काठमाडौं । सहकारीपीडितहरू आफूले राखेको पैसा नपाएपछि बिहीबार संसद् भवन घेराउन गर्न काठमाडौंको नयाँबानेश्वर पुगेका छन् ।
आन्दोलनमा रहेका सहकारीपीडितहरुले आज संसद् भवन घेराउसहित विरोध प्रदर्शन गरेका छन् । अहिले उनीहरु बानेश्वरमा संसद् भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।
पीडितहरुले सञ्चालकलाई कारबाहीको माग गर्दै त्यसको जिम्मा राष्ट्र बैंकले लिएर निगरानी गर्नुपर्ने माग राखेका छन् ।
सहकारीलाई जथाभावी लगानी गर्न दिन नहुनेसमेत उनीहरुको माग छ । आन्दोलनको नेतृत्व सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) ले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्