Shikhar Insurance
National Life

चितवनमा लम्पीस्किनका कारण ८० गाईभैंसी मरे

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १५:०८
Hyundai
NCELL
NIMB

चितवन । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैंसी गरी तीन हजार चार सय १८ गाईभैंसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएकामध्ये ८० गाईभैंसी मरेका छन् । सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाईभैंसीमा सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउँपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार/चार गाईभैंसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका छन् ।

झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए।

रोग लागेका गाईभैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाईबस्तुमा गर्भपतनको समस्या पनि देखिनसक्ने उहाँको भनाइ छ । सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उनले सुझाव दिए।

यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवा विज्ञ केन्द्र चितवनले सातवटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधि वितरण, खोप वितरण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्