काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली सेयर बजार निश्चित व्यक्तिको चङ्गुलमा फसेको र त्यसबाट आम लगानी कर्ताले फाइदा लिन नसकेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकाेत्सवकाे अवसरमा मन्त्री महतले उक्त कुरा बताएका हुन् । मन्त्री महतले बोर्डतर्फ इंगित गर्दै भने- तपाईंहरु सम्पूर्ण लगानीकर्ताको हितमा काम थाल्नुस् नकि केही निश्चित व्यक्तिमा हाेइन ।
नेपालमा सोसल मिडियाको जमना छ। मैले बजेटमा राखेको प्रावधानको गलत हल्ला फिजाएर बजार घटाए अनि तिनैले सस्तोमा किनेर महँगाेमा बेच्छन् । मलाई दोष लगाएर आम लगानीकर्ताको पैसा ताने । त्यस्ता गतिविधिको नियन्त्रण गर्न बोर्डलाई मैले के-के सहजीकरण गर्नुपर्छ म गर्न तयार छु । तपाईंहरु अघि बढ्नुस् ।
त्यसै क्रममा मन्त्री महतले धितोपत्र बोर्डको भवन नभएर भाडामा बसेको नियामक निकायनै भाडामा बस्दा नियमनमा मनोवैज्ञानिक दबाब परेकाले छिटोभन्दा छिटो आफ्नै भवन बनाउनेतर्फ अघि बढ्नुस् के कस्तो सहयोग चाहिन्छ, अर्थ मन्त्रालय तयार छ र म पनि तयार छु, कार्ययोजना लिएर आउनुस् ।
प्रतिक्रिया दिनुहोस्