काठमाडाैं। नेप्से परिसूचक आज बुधबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६८ अंकले बढेर एक हजार नौ सय ३२.३३ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अंकले बढेर ३६५.४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता सयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५ रूपैयाँमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको १० करोड १३ लाख १० हजार सात सय ३४ रूपैयाँ बराबरको कारोबार भयो ।
शिवम् सिमेन्ट आठ करोड ९७ लाख २१ हजार चार सय ९१ रूपैयाँ, नागरिक लगानी कोष ६ करोड ९० लाख ३८ हजार रूपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ६ करोड ५२ लाख ९० हजार दुई सय ६३ रूपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख ७१ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त आठ दशमलव शून्य दुई, स्वाभिमान लघुवित्त पाँच दशमलव ९५, साल्ट टे्डिङ कर्पोरेसनको पाँच दशमलव ४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।
यस्तै, सिद्धार्थ इक्विटी फण्ड चार दशमलब ३५, सनराइज फोकस्ड इक्विटी फण्ड तीन दशमलव ८२, मनकामना स्मार्ट लघुवित्त तीन दशमलव ६५, एनआइबीएल ग्रोथ फण्ड तीन दशमलव ५३ र आरबीबी म्युचुअल फण्ड पहिलोको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्