Skip to content
Shikhar Insurance
National Life

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराजले मनायो रजत जयन्ती

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन” सम्पन्न गरेको छ।

आफ्ना उपभोक्ताहरूलाई आकर्षक लाभ प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो अभियान नयाँ वर्ष २०७८ को अवसरमा शुभारम्भ गरिएको थियो। अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो। जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो। नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।’

देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका कम्पनीले बताएको छ। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाज ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको भनाइ छ।

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ। यसका गुणस्तरिय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरूले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन्।

अटोमोबाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्