काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफु ४८ सालदेखि सांसद रहेको बताएका छन् । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आफु ४८ सालदेखि निरन्तर सांसद रहेको तर त्यहाँ ठिक र बेठिकको बिषय छुट्याउनै छाडिएको बताए ।
उनले राँगा ल्याउने प्रस्ताव आफले गरेको भनेर प्रचार गरिएको बताउँदै राँगा ल्याउने निर्णय गर्न पनि केपी ओली नै चाहिने रहेछ भन्दै कटाक्ष गरे । आफुले देशको हितमा कसैसँग नडराई आफ्ना कुरा राख्दै आईरहेको पनि उनले दावी गरे ।
प्रतिक्रिया दिनुहोस्