Shikhar Insurance
National Life

‘विद्युतीय गाडीलाई १० वर्षपछि प्राथमिकता दिनुपर्छ, अहिले त उद्योगलाई सस्तोमा बिजुली दिने हो’

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १४:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिद्युतीय सवारी साधनहरुको आयातले मात्रै विद्युत खपत नबढ्ने बताएका छन्। राजधानीमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्कोर्स’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताएका हुन्।

उनले विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लक्षित गरी विद्युतीय सवारी साधनले मात्रै विद्युत खपत नहुने बताए। डा. खतिवडाले विद्युतीय सवारी साधनले बढीमा २ सय मेगावट पनि विद्युत खपत नहुने भन्दै ४ हजार मेगावटसम्म खपत गर्नका लागि औद्योगिक क्षेत्र नै विस्तार हुनुपर्ने स्पष्ट पारे । ‘मैले विद्युतीय सवारीमा २ सय मेगावटको विद्युत खपत हुने हिसाव निकालेको छु । तर, रत्नपार्कतिरका एक जना साथीलाई चित्त नै बुझदैन । जहिले पनि विद्युत सवारी साधन ल्यायो भने ४ हजार मेगावाट विद्युत खपत हुन्छ भने झै गर्नुहुन्छ । यो पनि मैले बुझेको छैन । एक पटक बुझाइदिनुस विश्वासज्यू विद्युत खपत गर्ने भनेको उद्योग हो,’ डा. खतिवडाले टिप्पणी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विद्युतको खपत बढाउन उद्योगहरुलाई सस्तो विद्युत दिनुको विकल्प नरहेको पनि बताए । हामी अब औद्याेगीकरणमा जाने हो । कुल गार्हस्थ्य उत्पादनमा विद्युतको योगदान बढाउने हो र एलपीजी हटाउने हो । सवारी गुडाएर १०० मेगावट होला । त्यो समाधान होइन । अबको १० वर्षपछि हामी जाने भनेको विद्युतीय सवारी साधन मै हो । तर बाटो त्यही हो भन्दैमा अहिले नै बाटो परिवर्तन गर्नुपर्छ भन्ने छैन । केही समय कुर्नुपर्छ’ , डा. खतिवडाले भने ।

उनले प्रदूषणको कारण पेट्रोलियमका सवारी साधन मात्रै हुन भन्ने बुझाई नै गलत भएको पनि बताए । डा. खतिवडाले भने, ‘हाम्रो वातावरण प्रदूषण काठमाडौंमा पेट्रोलियम पदार्थका गाडि चलेर मात्रै हो ? आन्तरिक रुपमा प्रदुषण भएको छैन र गाउँघरमा दाउरा बालेर प्रदूषण गरिरहेका छौं । त्यसबाट केके ग्यास उत्पन्न हुन्छ । प्लाष्टिक र कृषिजन्य बस्तु बालेर काम चलाइरहेका छौं । त्यसले हाम्रो प्रदूषण बढाउँछ । हामी एउटा विद्युतय गाडीको पछाडि कुदेका छौं ।’

उनले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदूषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदूषण भइरहेको बताए । उनले नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै विद्युत खपतमा सरकारले औद्योगिकरण र उद्योगलाई विद्युत सस्तो बनाउन आवश्यक रहेको बताए ।

उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए । उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल र कोर्ष करेक्कन नभएको बताए । उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताए । उनले कसैलाई खुसी पार्न नसक्ने बजेट आलोचित हुने बताए। उनले बजेटकमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने पनि बताए ।

उनले भने,‘फल्स ग्राउण्डमा तयार भएको छ । स्ट्रक्चर बनाउन खोजेको छ तर कमजोर जगमा । जग अर्काले बनाई दियो स्ट्रक्चर तपाई गरिहनुभएको छ । अहिलेको बजेट कमजोर जगमा बनेकाले त्यसको कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा र प्रभावकारीतामा प्रश्न उठ्छ। अहिले बजेट घटेको नभई बढेको हो । चालु आर्थिक वर्षको बजेटसँग तुलना गर्दा अहिलेको बजेटलाई न्याय गर्न सक्दैनौं । अर्थमन्त्रीले ल्याएको बजेटमा करका दरको विषयमा समाचारहरु आइरहेका छन् । बजेटको करका दर बनाउन फेरी पनि मुसा छिरे अरे, फेरि पनि अनधिकृत व्यक्तिहरु छिरेरे, फेरि पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल भएनन् अरे,कोष करेक्सन भएन अरे । साथीहरुले ठूला ठूला डकुमेन्टीहरु दिनुभएको छ । बिकृति बढ्दै गए भन्ने सुनेको छु । यी कुरा सत्य नहुन् । मेरो शुभकामना छ । यस्तो कुरा भेटियो भने अर्थमन्त्री जहिले पनि कठघरामा उभिएर जवाफ जवाफ देहि हुनुपर्छ । सत्यको पक्षमा उभिन सक्नुपर्छ ।’

उनले सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाएपनि पछि वाहीवाही पाउने गरि काम गर्नुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्