Skip to content
Shikhar Insurance
National Life

बजेटमा आएका कुरा कार्यान्वयन गर्ने तरिकाले मौद्रिक नीति ल्याउँछौंः गभर्नर

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले बजेटमा आएको कुरा कार्यान्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन्। उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताएका छन् । उनले सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)ले आयोजना कार्यक्रममा बोल्दै बजेट सिलिङ बारेको प्रश्नको बारेमा सम्पूर्ण निकायमा छलफल भएको उनले बताए ।

यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आवका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन्। सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । आर्थिक मिडिया सञ्चालक संघ (इम्सन)ले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । यो कर्षमा राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको बताए ।

उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा रि–स्ट्रक्चर र गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न बिशिस्टीकृत नियमन खोल्ने विषय पनि बजेटमा समावेश भएको बताए बजेटमा यस्ता धेरै सुधारको काम भएको, सरकारी संरचना मर्जरमा जाने, खारेजी गर्ने जस्ता सुधारको योजना बजेटमा भएको बताए ।

उनले बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतका राख्ने लक्ष्य पूरा हुन गाह्रो हुने भए पनि त्यसलाई सहयोग हुने गरी मौद्रिक नीतिमा लिने बताए । उनले सरकारले लिएको लक्षय पूरा गर्ने गरी मौद्रिक नीति ल्याउने बताए ।

त्यहीअनुसार राष्ट्र बैंकले सुझाव मागेको बताए । कतिपय अवस्थामा सुझाव लिने तर नीति आफू अनुकूल ल्याउने गरेको आलोचना भएको स्मरण गरे । सुझाव राष्ट्र बैंकले आवश्यकताअनुसार राख्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्