Skip to content
Shikhar Insurance
National Life

साेमबार नेप्सेमा दोहोरो अंकको गिरावट

Hyundai
NCELL
NIMB

काठमाडाैं। यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज साेमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७.३८ अंकले घटेर एक हजार नौ सय ०१.९९ अंकमा कायम भएको हो ।

आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह १२४.१४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१.३० अङ्कले घटेको छ । बैंकिङ समूह ९.१६, विकास बैंक ५०.९५, वित्त १७.३९, होटल तथा पर्यटन ३२.१, जलविद्युत् ११.५१ र लगानी समूह ०.५४ अंकले घटेको छ ।

त्यसैगरी, लघुवित्त समूह १८.६४, म्युचुअल फन्ड ०.०३, निर्जीवन बिमा समूह ५७.६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २०.६३ अङ्कले घटेको छ ।

ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य आज सबैभन्दा धेरै ८.२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्य ४.५० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ रूपैयाँ बराबरको ४ लाख १४ हजार ६ सय १६ कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्