Shikhar Insurance
National Life

गरिमा विकास बैंकद्वारा बेलकोटगढीमा निःशुल्क स्वास्थ्य शिविर

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चाबहिल र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसँगको सहकार्यमा शनिबार बेलकोटगढी नगरपालिका-२, फाँटापौवा नुवाकोटस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वास्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ईसीजीलगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बेलकोटगढी नगरपालिका-२ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुन नरसिंङ्ग केसी र विशिष्ट अतिथिहरुमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. आनन्तप्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर लामा, यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंङ्ग केसी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानीयबासीहरु लाभान्वित भएको र आगामी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । गरिमा विकास बैंककाे देशभर १ सय २१ शाखा कार्यालय र ५० वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्