काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलरको ऋण सुबिधा प्राप्त गरेको छ ।
विश्व वातावरण दिवसको दिन ‘हरित लगानी’ अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न सो ऋण प्राप्त भएको हो । यो ऋण ४ बर्ष अबधिका लागि प्राप्त भएको बैंकका सीईओ अशोक शेरचनले बताए ।
जलवायु परिवर्तनले आक्रन्त विश्व र त्यसको प्रभाव कम गर्न सहुलियत ऋण सुबिधा प्राप्त भएको हो ।
बैंकले यो रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि ऋणका रुपमा लगानी गर्नेछ ।
साथै, बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तराष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने विश्वास पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्