Skip to content
Shikhar Insurance
National Life

आइतबार नेप्से परिसूचक ५३ अंकले बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडाैं। साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३.०३ अंक अर्थात् २.८४ प्रतिशतले बढेर १ हजार ९ सय १९.३७ अङ्कमा कायम भएको हो ।

आज २७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता सेयर ३१ हजार २५२ पटक खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स ९.४९, फ्लोट इन्डेक्स ३.५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अङ्कले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ४०७.८ र जीवन बीमा समूहको उपसूचक ३४२.५ अंकले बढेको छ ।

बैंकिङ समूह १७.३५, विकास बैंक ११७.४५, वित्त ५२.७४ र होटल तथा पर्यटन समूह २७४.८४ अङ्कले बढेको छ । त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन १५७.८४, लघुवित्त ८८.९२, म्युचुअल फन्ड ०.१०, व्यापार ८२.८ र अन्य समूह ४२.३७ अङ्कले बढेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को सेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ रूपैयाँ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्