Shikhar Insurance
National Life

ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पायाे पूर्णता

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २१, आईतवार १४:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोगले बल्ल पूर्णता पाएकाे छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठ समक्ष नवनियुक्त सदस्य ढुंगानाले आइतबार पद तथा गोपनीयताको शपथ लिइन् ।

महिला सदस्यको रूपमा ढुंगानालाई १४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले साे पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्वेवारी पाएकी छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्