Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वातावरण दिवसको अवसरमा साइकल र्‍याली

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले  विश्व वातावरण दिवसको अवसरमा साइकल र्यालीको आयोजना गरेको छ । सो बैंकले डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको सहकार्यमा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साथ शनिबार साइकल र्यालीको आयोजना गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भएको र्याली गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेरे सम्पन्न भएको थियो ।

उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरु गरीे लगभग ४ सयभन्दा बढीको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्यालीको सुरुवात गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्