काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आइतबार १ हजार ७ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्