Shikhar Insurance
National Life

बैंक ब्रोकर जस्ता थिए, ब्रोकर बैंक जस्तै, अहिले पनि बैंकहरु लगानी गर्न सक्ने अवस्थामा छैनन्ः पाण्डे

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २१, आईतवार ०९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कुनै बेला बैंक र ब्रोकर उस्तै जस्तो लाग्ने अवस्था आफुले देखेको बताएका छन् । शनिबार राजधानीमा स्वर्गिय डा. गोबिन्द बहादुर थापाको ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक बिमोचन कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

‘म अर्थमन्त्री थिएँ, बैंक ब्रोकर जस्ता थिए, ब्रोकर पनि बैंक जस्ता थिए, मैले नै अब घरजग्गामा धेरै लगानी गर्न दिनु हुन्न भनेर योजना बनाए, राष्ट्र बैंकले सहयोग गर्यो र हामी नियन्त्रण गर्न सक्ने अवस्थामा पुग्यौं’, पूर्व अर्थमन्त्री पाण्डेले भने ।
उनले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको दावी पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको पनि बताए । उनले भने,–‘अहिले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको छ । बैंकको ब्याजदर घट्ने सम्भवना पनि छैन । त्यसमाथि बैंकहरुको ऋण लगानी गर्ने क्षमता पनि छैन । आर्थिक संकट आउने हो कि भन्ने डर छ ।’ उनले ब्याजदर घट्नुपर्छ भन्ने निजी क्षेत्रको माग तत्काल सम्बोधन हुने सम्भावना आफुले नदेखेको पनि बताए । ‘यति बेला निजी क्षेत्रले पनि ब्याजर घटाउन भनिरहेका छन् । तर, त्यसमा गिरावट आउने कुनै चान्स र गुञ्जायस म देख्दिन । यसपालि बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएका छन् ।’, पूर्व अर्थमन्त्री पाण्डेले भने ।

उनले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्न सबैले मिलेर अघि बढ्नुपर्ने सुझाव पनि दिए । अर्थतन्त्रको आँखीझ्याल डा. थापाले जिवत रहँदै बिभिन्न समयमा लेखेको लेख, रचनाहरु संकलन गरेर प्रकाशित गरिएको छ ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरद्धय विजयनाथ भट्टराई र दिपेन्द्र बहादुर क्षेत्री लगायतले स्व. डा. थापाको व्यक्तित्वबारे बोलेका थिए । डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानका संरक्षक तथा सल्लाहकार रहेका प्रभु बैंकका सीईओ अशोक शेरचनले डा. थापाको नाममा अर्थशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृद्धि कार्यक्रम निकट भविष्यमै घोषणा गर्ने बताएका थिए । स्व.थापाले नै आफुलार्य बैंकिङ क्षेत्रमा प्रवेश गराएको भन्दै शेरचनले कृतज्ञता पनि व्यक्त गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्