काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेकाे छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ८ सय रुपैयाँ बढी हो। यो मूल्य हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्