काठमाडौं । कर फर्स्योट आयोग मार्फत अरबौं भ्रष्टाचार मुद्धामा चुडामणी शर्मासहित ३ जना दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको हालसम्मकै ठूलो विगो भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले कर फर्छ्यौट आयोगका सबै ३ जना पदाधिकारीलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बुधबार आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्मालाई दोषी ठहर गरेको हो ।
आरोपित सबै दोषी ठहर भएपनि उनीहरुमाथि विगो, जरिवाना र कैद निर्धारण हुन बाँकी रहेको छ । आगामी जेठ २५ गते अर्काे सुनुवाई भएर जरिवाना र कैद सजाय हुनेछ । उनीहरुमाथि कम्तीमा पनि तीन वर्ष कैद सजाय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्