Shikhar Insurance
National Life

दुई कारोबारको दिनमा करिब १०० अंक घट्यो सेयर बजार, काराेबार रकम पनि गिरावट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १५:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजेटपछि दोस्रो कारोबारको दिन पनि सेयर बजार भारी अंकको गिरावट आएको हो । बजेटपछिको दुई कारोबारको दिनमा नेप्से परिसूचक ९२.४४ अंकको गिरावट आइसकेको छ । सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटले सेयर लगानीकर्ताहरुको माग समेट्न नसक्दा लगानीकर्ताहरु निराश बनेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३८.८३ अंक घटेर १,८४९.७९ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.२८ अंक घटेर ३५३.४३ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार सेयर बजार ५३.६१ अंकले घट्दा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको १६ कम्पनीको सेयर मूल्य बढेको छ । २०३ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन नेप्से परिसूचक घटेपनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर १० प्रतिशत अर्थात १८१ रुपैयाँ बढेर २ हजार रुपैयाँ ४० पैसा पुगेको हो ।

त्यसैगरी, माई खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १ को मूल्य ५.५० प्रतिशत, पिपुल्स पावरको २.२८ प्रतिशत सेयर मूल्य बढेको छ । भने, बाँकी कम्पनीको सेयर मूल्य २.२७ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको यूनिलिभर नेपालको सेयर मल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एशीयन हाइड्रोपावर कम्पनीको ९.७५ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ८.३५ प्रतिशत र दोर्दी खोला हाइड्रोपावर कम्पनीको ६.४२ प्रतिशतले घटेको छ ।

यसदिन प्रभु बैंकको प्रोमोटर सेयर सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ३४ करोड २८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ६५ लाख, स्ट्रयन्डण्ड चार्टण्ड बैंकको ६ करोड ५१ लाख, एनआईसी एशीया बैंकको ६ करोड ६ लाख र तारागाँउ रिजेन्सी होटलकको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्