काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १८३ औं शाखा काठमाडौंको काँडाघारीमा सञ्चालनमा ल्याएको छ । बुधबार सो शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुवात गरिएको छ। यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखा सञ्चालनमा आएका छन् ।
सुविधासम्पन्न यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटोछरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
साथै, आधुनिक बैंकिंङ प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यसअघि नै कियोस्, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरिसकेको छ ।
सो बैंक देशैभरि फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ एकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्