Shikhar Insurance
National Life

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कारालेसूचिमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार ०८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बहुचर्तित र सर्वाधिक विवादमा फस्दै आएको पप्पु कन्स्ट्रक्सनसहित आधा दर्जन ठेकेदारहरुलाई कालोसूचिमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती ठेकेदारहरुलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन, कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन लगायत छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पप्पु।कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाको सिफारिसमा कालोसूचीमा राखिएको हो ।

मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्