काठमाडौं । युवा उद्यमी मञ्च काठमाडौंका अध्यक्ष चिराग गोयलले बजेट युवा मैत्री भएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट सुनिसकेपछि सिंहदरबारसँग कुरा गर्दै उनले युवा उद्यम वर्ष घोषणा, युवाहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने लगायतका कार्यक्रमहरु उत्कृष्ठ भएको बताए ।
आफुहरुले उठाएका अधिकांश मागहरु बजेटमा सम्बोधन भएको पनि उनले बताए । ‘हामीले उठाएका मागहरु सम्बोधन भएका छन्, अब कार्यान्वयन भएर युवा उद्यमहरुको संख्या र गुणस्तर बढ्ने अपेक्षा छ’, युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरका अध्यक्ष गोयलले सिंहदरबारसँग भने ।
बजेटले आगामी आर्थिक वर्षलाई युवा उद्यमी प्रवर्द्धन बर्ष घोषणा गरेको छ । त्यस्तै, युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरेको छ ।
सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । त्यस्तै, एक सय रुपैयाँ चुक्ता पुँजीमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था पनि गरिदिएको छ, साथै कम्पनी दर्ता, नविकरण र खारेजी अनलाइनबार्ट गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याउने संकल्प पनि बजेटमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्