Skip to content
Shikhar Insurance
National Life

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै २ खर्ब बजेट विनियोजन

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवमा शिक्षातर्फ संघमा  ७० अर्ब पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा ५ अर्ब ३२ करोड रूपैयाँ र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रूपैयाँ बजेट हस्तान्तरण गरिएको थियो ।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्