Shikhar Insurance
National Life

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, मातृभाषा र कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् ।
बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन् । हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्