काठमाडौं । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजगढ बिमानस्थलको वातावरिणय मूंल्याकन प्रतिवेदन तयार पार्ने, जग्गा अधिग्रहण गर्ने र स्थानान्तरणको काम अघि बढाउने भनेको छ । निर्माणको मोडल एकिन गरि आगामी आर्थिक वर्षभित्रै निर्माण आरम्भ गर्ने पनि भनेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल बायुसेवा निगमको पुनसंरचना गरि व्यवसायीक ढंगले अघि बढाउने पनि भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्