काठमाडौं । सरकारले हिमालको पानी र चुरेको गिट्टी ढुंगा निर्यातको कार्यक्रम अघि सारेको छ । हिमालको पानीलाई प्रशोधन गरेर मिनरल वाटरका रुपमा विश्व बजारमा निर्यात गर्ने कार्यक्रम सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अघि सारेको छ ।
त्यस्तै, अध्ययन र निश्चित मापदण्ड बनाएर चुरेको गिट्टी तथा ढुंगा निर्यातको कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएको छ । सरकारले ३६ प्रकारका वस्तु तथा सेवा निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्रता दिएको छ । सरकारले निर्यातको नगद अनुदानलाई अब ३।३ महिनामा उपलब्ध गराउने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्