Skip to content
Shikhar Insurance
National Life

१७ खर्ब ९३ अर्बको बजेटमा १५ खर्ब मात्रै चालु वर्ष खर्च हुने

Hyundai
NCELL
NIMB

काठमाडौं। सरकारले चालु वर्षका लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।  चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आकलन गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म ८ खर्ब २३ अर्ब खर्च भएको छ।

पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ। हालसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ मात्रै खर्च गरिएको छ।

वित्तीय व्यवस्थापन खर्च २ खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३ अर्ब रूपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म १ खर्ब ४१ अर्ब रूपैयाँ खर्च भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE