काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी नकिन्ने भएको छ । बजेट वक्तव्य मार्फत आगामी आर्थिक वर्षभित्र नयाँ सवारी साधन नकिन्ने नीति अघि सारिएको हो । सरकारले कर्मचारीहरुको भोषाक भत्ता तथा अन्य प्रोत्साहन भत्ता समेत खारेज गरेको छ ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगले सिफारिस गरे अनुसा २० वटा कार्यालयहरु पनि खारेज गरेको छ । अत्यावश्यक काममा बाहेक आगामी आर्थिक वर्षमा कर्मचारीलाई विदेश भ्रमणमा पनि रोक्ने निर्णय गरेको छ । छ महिनाभित्र पुराना र थन्किएर बसेका सवारी साधनहरु बेच्ने पनि बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्