Shikhar Insurance
National Life

वायुसेवा निगममा एमडी बनाउन ३ करोड घुसको अफर आयोः मन्त्री किराती

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई वायुसेवा निगममा एमडी बनाउन ३ करोडकाे घुस अफर आएको खुलासा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले वायुसेवा निगममा एमडी बनाउनका लागि १ करोड टोकन मनी, निर्णय गरेको एक सातापछि अर्काे १ करोड र १ महिनाभित्र अर्काे १ करोड गरी तीन करोडको घुस अफर आएको खुलासा गरेका हुन् ।

मन्त्री किरातीले आफू मन्त्री बनेको सातौं दिन ती बिचौलियाले आफूलाई घरमै बोलाएर ८४ ब्याञ्जन खुवाएको र बन्द कोठामा लगेर घुस अफर गरेको बताएका हुन् । उनले घुस अफर गर्ने को हुन् भन्ने तथ्य भने अहिले नखुलाउने बताएका छन् । घुस स्वीकार गरेर एनएसीमा नयाँ एमडी नियुक्त नगरेपछि आफूलाई हटाउने खेल सुरु भएको आरोप पनि लगाए । उनले आवश्यक परेमा आफूलाई घुस अफर गर्नेको टेलिफोन डिटेल र आवाजसमेत सार्वजनिक गर्न सक्ने बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो छ पर्यटनमन्त्री किरातीको खुलासा
यति चाहिँ भन्नै पर्यो पद गए पनि जाओस् । मन्त्री भएको दिनदेखि एक जनाको फोन आयो । मन्त्रीको छाप लगाएर जन्मिएको होइन नि त म, खाए खान्छ त । मन्त्री भएको केही क्षणदेखि एक जना ठूलै मान्छेको फोन आयो । उनको अफर थियो भट्नुपर्छ छिटो भन्ने । म त बधाई सधाई थाप्दाथाप्दै सकिनँ । छौटाैं दिनमा उहाँको बेलुका फोन आयो । भोलि त भेट्नै पर्यो । तर, उहाँको प्रस्ताव थियो, एक्लै भेट्नुपर्छ भन्ने । मैले भनेँ, मेरो त टोली छ, सुरक्षाकर्मीहरुले मलाई त खोज्छन् । म हराउन त मिल्दैन् । फेरि क्वार्टरमा पनि होइन, मन्त्रालयमा पनि होइन, एक्लै उहाँले लगेको ठाउँमा भेट्नु पर्ने रे । वनझाँक्रीको ओडारमा जानुपर्ने क्या । म त मिल्दैन भनिदिएँ । उहाँको प्रस्ताव थियो, अहिले त जति डिलेट गरे पनि आइहाल्दो रहेछ नि त । फोन यहीँ छ मेरो । निकालौं ला । आयो त सबैको, जति होइन भने पनि ।

उहाँले भन्नुभयो म कालो सिसा भएको गाडी पठाउँछु । मैले म सक्दिन भनेँ । त्यसो भन्नेबित्तिकै मलाई डर लाग्यो । म सम्माननीय प्रधानमन्त्रीको निवासमा पुगेको थिएँ । उहाँले फेरि फोन गर्नुभयो । आज त आउनै पर्यो भनेर बिहानै । ल म टोलीसँगै आउँछु नि त घरमै मैले भनेँ । सुरक्षाकर्मीहरुलाई बाहिर राखियो, एक जना भाइ लिएर म बसेँ । उहाँको घरमा ८४ ब्यञ्जन थियो । बदेँलको मासु त यहाँ पाइँदैन रहेछ, टाढाबाट ल्याउनुपर्ने रहेछ । हामी त गुन्द्रुक खाएर आएको मान्छे । पहिलो चरणको खानपिन सकिसकेपछि उहाँले मलाई एउटा रित्ताे कोठामा लिएर जानुभयो । त्यो कोठामा एउटा भ्याकुम थियो, महँगो कार्पेट थियो, अरू केही पनि थिएन् ।

खोई किन त्यस्तो कोठा बनाएर राखिएको हो ? दरबारमा । उहाँले भन्नुभयो, वायुसेवा निगमको जिएम फेरौं । तपाईलाई टोकन मनी १ करोड, गरेको सात दिनमा १ करोड र एक महिनामा १ करोड गरी ३ करोडको अफर आयो ।
त्यतिखेर मैले सम्झिएँ, म त मन्त्री भएकै पो रहेनछु । मेरो मुटुले ठीक ठाउँमा काम गरेन् । कतै खिचिएको छ, कि रेकर्ड छ कि जस्तो लाग्यो । र, म चुक्कुल खोलेर निस्किए बाहिर । मलाई समाएर भित्र हालियो । र, भन्नुभयो, तपाईं कस्तो लाटा हो । राजनीतिको त टुंगो छैन त भन्नुभयो । अनि मैले अब मलाई तपाईंको केही पनि चाहिएन, भर्खर सात दिन भयो मन्त्री भएको भनेर म निस्किए ।

यहीदेखि मेरो कुर्सीमाथि घुनपुतली सुरु भएको छ । छोड्नु पर्यो भने सबै भनेर छा्ड्छु । यस्ता मान्छे राष्ट्रवादी, तिनकै वाहीवाही छ, एकथरी मान्छेमा । इमानदारसाथ देशको काम गर्नेहरु राष्ट्रघाती भइने रहेछ । त्यही कारणले पनि यहाँ त भीमसेन थापाहरु सेरिनुपर्ने रहेछ भन्ने पनि मलाइ लाग्दछ । धेरै कुरा नगरौं । यो पवित्र थलोमा अपवित्र कुरा भयो भन्नु होला तर यो समाजको कुरा हो । यो देशको कुरा हो, यो प्रवृत्तिको कुरा हो । यो हामीभन्दा माथिको कुरा हो । हामीभन्दा माथि देश छ, देश खाने धमिराहरु छन् । (तिनको नाम खोल्ने ठाउँसम्म चाहिँ मलाई नपुर्याइदिनुस्) एक दुई दिन यही कुर्सीमा बस्ने रहर छ । पछि भनौंला । तर, म मुखले होइन, मुटुले बोल्ने मान्छे हो ।

मन्त्रीको सिटमा बसेर मैले बोल्न मिल्छ कि मिल्दैन तर मैले दुई दिन मात्रै बसेछु भने पनि बोल्नुपर्छ । यहाँ त लाखौं करोडौं घुस खाने मान्छे राष्ट्रवादी, नखाने मान्छे अराष्ट्रवादी हुने रहेछ । मैले जनता हुँदा देखेको देश, सांसद हुँदा देखेको देश र मन्त्री हुँदा देखेको देशमा फरक रहेछ । यहाँ त घुस खान जान्नु पर्दैन रहेछ, सिकाउनु आउने रहेछन् । घुस खाएन भने उसको निद्रा हराम भएर त्यसका विरुद्धमा लाग्दो रहेछ । अँध्यारो कोठामा ठूलाठूला घुसका अफर भएको दिन मलाई लाग्यो, म त मन्त्री भएकै रहेनछु ।

अहिले पनि लाग्दैन, मेरो बाउको सपना थिएन, मेरो बाजेको सपना थिएन, मेरो नातिलाई मन्त्री बनाउँछु भनेर । तर, पनि म मन्त्री भएँ । अहिले पनि म सपना पनि मन्त्री भएको देख्दिन् । मेरो नजिकको मान्छेले घरीघरी मन्त्रीज्यूभन्दा म झस्किन्छु । ठीकै त हो, दुःखका लागि सेवा गरियो, मरेर लैजानुपर्ने केही छैन, अन्तिममा त रिटायर्ड लाइफ बिताउनै पर्छ भनेर दिमागमा सोच्ने बित्तिकै सिद्धिहाल्ने रहेछ । यो सारा विसंगतिलाई हामीले चिरिहाल्नुपर्छ । हाम्रो आजको सबभन्दा ठूलो सत्रु नै भ्रष्टाचार हो । भ्रष्टाचारले समाजको तल्लो तहसम्म जरा गाडेको छ । हाम्रो संस्कृतिमा भ्रष्टाचार छ । हाम्रो सोंचमा भ्रष्टाचार छ, हाम्रो रगतमै भ्रष्टाचार छ ।(राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राखेको विचारको सम्पादित अंश)

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्