काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गर्नेछन् । त्यस अघि मन्त्रिपरिषदको बैठकले बजेटलाई पास गर्नेछ । राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकिदिएको थियो ।
त्यसमा केहि थपेर साढे १७ खर्बको बजेट आउने सम्भावना रहेको स्रोत बताउँछ । यसपाली वृद्ध भत्तासहितको सामाजिक सुरक्षा भत्ताहरु बढ्ने छैनन् भने कर्मचारीहरुको तलब भत्ता पनि कुनै थप सुबिधा प्राप्त हुने सम्भावना देखिन्न ।
यसपाली पनि केहि व्यवसायीक घरानाहरुले भने करका दर हेरफेर गरि कमाई सुनिश्चिताका लागि राम्रो लबिङ गरेका थिए । उनीहरुलाई रोक्न अर्थमन्त्री सफल हुने वा होइन भन्ने दुबिधा कायमै छ ।
सरकारले निश्चित क्षेत्र तोकेर नेपाली नागरिकलाई विदेशमा लगानी गर्न बाटो खोलिदिने व्यवस्था पनि अघि सार्ने स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्