काठमाडौं । सरकारी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवम् निजी क्षेत्रको लगानी समेत बढ्दै गएकोले सामाजिक क्षेत्रका परिसूचकमा सुधार हुँदै गएको छ। आधारभूत खानेपानी, उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँचमा वृद्धि भएको छ।
दक्ष स्वास्थ्यकर्मी, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि हुनुका साथै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने गर्भवती महिलाको प्रतिशत, खोप लगाउने बालबालिकाको प्रतिशत, औषत आयु जस्ता स्वास्थ्यसम्बन्धी सूचकाङ्कमा सुधार भएको छ। मातृ मृत्युदर, शिशु मृत्युदर र बाल मृत्युदरमा कमी आएको छ। विद्यालयमा भर्ना दर, विद्यार्थी टिकाउदर, साक्षरता दरमा वृद्धि भएको छ भने विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा प्रकाशित मानव विकास प्रतिवेदन, २०२१र२२ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको छ। मानव विकास सूचकाङ्कका आधारमा नेपाल संसारका १९१ मुलुकमध्ये १४३औँ स्थानमा रहेको छ, जुन मध्यम मानव विकास समूहको औसत ०.६३६ र सार्क मुलुकको औसत ०.६३२ भन्दा कम छ।
स्वास्थ्य क्षेत्र
आर्थिक वर्ष २०७९र८०को कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १.९२ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। आर्थिक वर्ष २०७८र७९ को तुलनामा चालु वर्षमा कुल गार्हस्थ्य उत्पादनमा ०.१३ प्रतिशत विन्दुको सामान्य वृद्धि हुने अनुमान रहेको छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९र८० मा कुल मूल्य अभिवृद्धि ६.५१ ले वृद्धि हुने अनुमान रहेको छ ।
स्वास्थ्यसम्बन्धी सूचकहरू
स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्यसम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गएसँगै विगतका वर्षदेखि नै स्वास्थ्य सूचकमा उल्लेख्य सुधार हुँदै गएको छ। बाल मृत्यू दर र मातृ मृत्यू दर घटदै गएको छ। दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको छ। औसत आयू बढ्दै गएको छ।
पछिल्ला वर्षमा नेपालको कुल प्रजनन् दर घटेको कारण जनसङ्ख्या वृद्धिदर समेत घट्दै गएको छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार नेपालको कुल प्रजनन दर २.१ रहेको छ। हाल कुल प्रजनन् दर जनसङ्ख्याको प्रतिस्थापन दरसँग बराबर रहेको छ। आगामी वर्षहरूमा कुल प्रजनन् दर जनसङ्ख्याको प्रतिस्थापन दरभन्दा न्यून हुँदै जाने जोखिम छ। सहरी क्षेत्रमा कुल प्रजनन दर प्रतिस्थापन प्रजनन दरभन्दा कम ९२.० र ग्रामीण क्षेत्रमा बढी ९२.४० रहेको छ।
कोभिड-१९ महामारीको स्थिति
२०७९ असारसम्म पीसीआर र एन्टीजेन गरी ७० लाख ३४ हजार १ सय ६० को कोभिड परीक्षण गरिएकोमा ११ लाख २२ हजार २ सय १ कोभिड-१९ बाट सङ्क्रमित भई ११ हजार ९ सय ५२ को मृत्यु भएको थियो। २०७९ फागुनसम्म ७५ लाख ४० हजार ३ सय ३९ को कोभिड परीक्षण भएकोमा ११ लाख ५३ हजार ४ सय १ सङ्क्रमित भई १२ हजार २० को मृत्यु भएको छ।
२०७९ असारसम्म १२ वर्ष वा सोभन्दा माथि उमेरका करिब ९६.० प्रतिशत जनसङ्ख्याले कोभिड-१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन्। यसैगरी, ५ देखि ११ वर्ष उमेर समूहका करिब ८३.० प्रतिशत बालबालिकाले समेत कोभिड-१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन्। कोभिड-१९ विरुद्धको नियन्त्रण, उपचार तथा अन्य व्यवस्थापनको लागि आर्थिक वर्ष २०७८र७९ मा सङ्घीय सरकारबाट मात्र २२ अर्ब २१ करोड रूपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०७९र८० को फागुनसम्म यस्तो खर्च २ करोड ७२ लाख रूपैयाँ रहेको छ।
स्वास्थ्य सेवा तथा जनशक्ति विस्तार
विश्व स्वास्थ्य संघठनका अनुसार प्रति हजार जनसङ्ख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। मानव संसाधनको उत्पादनको दृष्टिले स्वास्थ्य क्षेत्रमा नेपालमा प्रति १ हजार जनसङ्ख्यामा १.१५ चिकित्सक र २.५४ नर्स रहेका छन्। यद्यपि, उत्पादित स्वास्थ्य जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण हुन नसक्नु र सीप मिश्रित दक्ष जनशक्तिको उत्पादन न्यून हुनु चुनौतीको रूपमा रहेको छ।
२०७९ फागुनसम्म सरकारी स्वास्थ्य सेवामा रहेका स्वास्थ्य जनशक्तिको सङ्ख्या २०७९ असारको तुलनामा ५.२ प्रतिशतले बढेर १ लाख २ हजार ५ सय ७ पुगेको छ। यस्तो सङ्ख्या २०७८ फागुनसम्म ९७ हजार ४ सय ४९ रहेको थियो। त्यसैगरी, २०७९ फागुनसम्म स्वास्थ्य संस्थाको सङ्ख्या ७ हजार ८ सय ५८ पुगेको छ।
आर्थिक वर्ष २०७९र८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी जम्मा २ करोड ८८ लाख पटक सेवा प्रवाह भएको छ। कुल सेवा मध्ये बहिरङ्ग सेवाको अंश सबैभन्दा बढी ९२.४ प्रतिशत रहेको छ भने आकस्मिक र अन्तरङ्ग सेवाको अंश क्रमशस् ४.८ प्रतिशत र २.८ प्रतिशत रहेको छ।
राष्ट्रिय खोप अभियान
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई १३ प्रकारका रोग विरुद्ध खोप उपलब्ध हुँदै आएको छ। आर्थिक वर्ष २०७७र७८ बाट रोटा भाइरस र आर्थिक वर्ष २०७८र७९ बाट टाईफाइड विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको छ। साथै, गर्भवती महिलाको लागि टिटानस र डिप्थेरिया विरुद्धको खोप समेत प्रदान हुँदै आएको छ। यस खोपको कारण नवजात शिशुमा देखिने धनुष्टङ्कार रोग निवारण भएको छ।
विपन्न नागरिक औषधी उपचार
विपन्न नागरिक औषधी उपचार अन्तर्गत विभिन्न ८ प्रकारका रोग विरुद्ध स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ। यस अन्तर्गत आर्थिक वर्ष २०७९र८० को फागुनसम्म ३२ हजार २ सय ४७ विपन्न नागरिकले सेवा प्राप्त गरेका छन्। गत आर्थिक वर्षमा ३५ हजार ९ सय ६५ विपन्न नागरिकले सेवा प्राप्त गरेका थिए।
२०७९ पुससम्म दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ७ हजार ४८ पुगेको छ। कुल स्वास्थ्यकर्मी मध्ये मेडिकल काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मी १३.८ प्रतिशत रहेका छन्। त्यसैगरी, नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मी ३६.९ प्रतिशत, नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका स्वास्थ्यकर्मी ४७।८ प्रतिशत र नेपाल आयूर्वेद चिकित्सा परिषदमा दर्ता भएका स्वास्थ्यकर्मी १.६ प्रतिशत रहेका छन्। यस अवधिसम्म दर्ता भएका विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार ८० पुगेको छ। यस्तो सङ्ख्या २०७९ असारमा ८ हजार ८ सय ६२ रहेको थियो।
आर्थिक वर्ष २०७९र८० को फागुनसम्म परिवार नियोजनका अस्थायी साधनको नयाँ प्रयोगकर्ताको सङ्ख्या ४ लाख ७ हजार ५ सय ६६ रहेको छ। आर्थिक वर्ष २०७८र७९ मा यस्तो सङ्ख्या ५ लाख ८२ हजार ७ सय १३ रहेको थियो। आर्थिक वर्ष २०७९र८० को फागुनसम्म २२ हजार ८ सय ६९ क्षयरोगका बिरामीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। आर्थिक वर्ष २०७८र७९ मा यस्तो सङ्ख्या ३४ हजार ९ सय ९२ रहेको थियो। औलो रोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९र८० फागुनसम्म कुल २ लाख ८५ हजार ६ सय ८७ रगतको नमुना परीक्षण गरिएकोमा ३५४ जनामा औलो देखापरेको छ। जसमध्ये प्लाज्मोडियम भाईभ्याक्सका २२८, फ्याल्सिप्यारमका १०५ तथा दुबै मिश्रित २८ केस छन्। आर्थिक वर्ष २०७८र७९ मा ४८६ मा औलो देखिएको थियो।
आर्थिक वर्ष २०७९र८० फागुनसम्म हात्तीपाइले रोग देखिएका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन भई ८० लाख ७१ हजार ७ सय ११ ले औषधी सेवन गरेका छन्। गत आर्थिक वर्षमा यो अभियान १० जिल्लामा सञ्चालन भई ४९ लाख ९२ हजार ९ सय ३६ जनाले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेका थिए।
आर्थिक वर्ष २०७९र८० फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभीको रोकथाम कार्यक्रममा आवद्ध ६१ गर्भवती महिला सहित २३ हजार ७ सय ६० एच।आई।भी संक्रमितलार्इ एन्टी रेट्रो ट्रिटमेन्ट केन्द्रबाट एन्टी रेट्रो भाइरल औषधि वितरण भएको छ। आर्थिक वर्ष २०७८र७९ मा ९४ गर्भवती महिलासहित २२ हजार १ सय २५ एच।आई।भी संक्रमितलाइ एन्टी रेट्रो ट्रिटमेन्ट केन्द्रबाट एन्टी रेट्रो भाइरल औषधि वितरण भएको थियो।
आर्थिक वर्ष २०७९र८० फागुनसम्म डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ जना संक्रमित भएकोमा ८८ जनाको ज्यान गएको छ। आर्थिक वर्ष २०७८र७९ मा डेङ्गुबाट ७३३ जना संक्रमित भएका थिए। आर्थिक वर्ष २०७९र८० फागुनसम्म थप १२५ बिरामीको मृगौला प्रत्यारोपण र १ जना बिरामीको कलेजो प्रत्यारोपण भएको छ।
आर्थिक वर्ष २०७९र८० को फागुनसम्म ५०४ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्रिया र १,४६४ बिरामीको भल्भ बाहेक विभिन्न प्रकारको मुटुको शल्यक्रिया गरिएको छ। साथै, ९,६८८ बिरामीले क्याथल्याब सेवा प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७८९र७९ मा ७३७ को मुटुको शल्यक्रिया, २ हजार ६४ को विभिन्न प्रकारको मुटुको शल्यक्रिया र १३ हजार ५ सय ३ ले क्याथल्याब सेवा प्राप्त गरेका थिए।
आर्थिक वर्ष २०७९र८० को फागुनसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८२ हजार १ सय ९४ ले बिभिन्न रोगको परिक्षण तथा निदानात्मक सेवा प्राप्त गरेका छन्। गत आर्थिक वर्षमा प्रयोगशालाबाट १ लाख ३४ हजार ५ सय ९४ जनाले यस्तो सेवा प्राप्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्