काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ८.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०७८/८९ मा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन एक लाख ६९ हजार ३८ रहेकोमा चालु आर्थिक वर्षमा यस्तो उत्पादन एक लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुग्ने अनुमान छ ।
पछिल्लो १० वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको औसत वुद्धि ९.९ प्रतिशत रहेको छ । अमेररकी डलरको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्ष २०७८/७९ मा १३९९ अमेररकी डलर रहेकोमा चाल आर्थिक वर्षमा परिवर्तन हुने अनमान छ।
आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा सामान्य वृद्धि भएको छ । गत आथिृक वर्षमा यस्तो आयम ७.९ प्रतिशत वृद्धि भएको थियो ।
अघिल्लो वर्ष प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय अमेरिकी डलर १,७२४ रहेको थियो भने, चालु आर्थिक वर्षमा यस्तो आय अमेरिकी डलर १,७५२ पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) अमेरिकी डलर १,४०७ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा यस्तो आयमा सीमान्त वृद्धि भई अमेरिकी डलर १,४१० पुग्क्ष्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्