Shikhar Insurance
National Life

अझै छुटेनन् विप्लवका कर्यकर्ता

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार ११:४४
Hyundai
NCELL
NIMB

संखुवासभा ।  सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा हुनुहुन्छ । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्