विराटनगर । कोसी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालयनजिकै प्रदर्शन सुरु गरेका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदेशसभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।
गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आज कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्