Shikhar Insurance
National Life

राष्ट्रपतिसमक्ष रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्