Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड, अत्याधुनिक बैंकिङमा सीइओको प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १३, शनिबार २०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि क्रेडिट कार्ड आरम्भ गरेको छ । डिजिटल बैंकिङको आवश्यकतालाई बुझेर बैंकले आफ्नो २९औं वार्षिकोत्सवको अवसर पारेर भिजा क्रेडिट कार्ड आरम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको आरम्भ गरे । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसाथ गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पीओएस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्