Skip to content
Shikhar Insurance
National Life

काठमाडौं उपत्यकामा सार्वजनिक गाडी चढ्नेबित्तिकै न्यूनतम भाडा १९ रुपैयाँ

Hyundai
NCELL
NIMB

काठमाडाैं। काठमाडौं । बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ। ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसँगै नयाँ भाडादर लागू भएको छ ।

यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर १९ रूपैयाँ कायम गरिएको छ।

त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ कायम गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। २० किलोमिटरभन्दा माथिको भाडा दुई रूपैयाँ घटाइएको छ। यसअघि ४० रुपैयाँ कायम भएकोमा अब ३८ रूपैयाँ तोकिएको छ।

अन्तर प्रदेश पनि सवारी भाडा समायोजन गरिएको छ। काठमाडौं नारायणगढको भाडा ६ सय ३७ कायम गरिएको छ। यसअघि ६ सय ६४ रूपैयाँ कायम थियो।

बल्खु, दक्षिणकाली हेटौंडाको भाडा पनि २७ रूपैयाँले घटाइएको छ। यसअघि ६ सय ५१ कायम भएकामा अहिले ६ सय २४ तोकिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्