Shikhar Insurance
National Life

महासंघका अध्यक्ष ढकाल र युएन आवासीय संयोजक हाना सिंगर बीच भेट, दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकार्य प्रस्ताव

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् ।

महासंघमा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बिच सहकार्य बढाउन आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भयो ।
संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताइन् ।
आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो ।
स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने उनले बताइन ।
औपचारिक भेटवार्तामा संयुक्त राष्ट संघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्