Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । गत साताको मंगलबारदेखि निरन्तर बढेको सेयर बजार पाँचौ कारोबारको दिन पनि बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ८.१० अंक बढेर १,८९१.३१ को विन्दुमा पुगेको हो । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.५४ अंक बढेर ३५८.८८ को विन्दुमा बन्द भएको हो ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६० करोडको सेयर कारोबार भएको बजारमा २७२ स्टकको २५ हजार ७४६ पटकको कारोबारमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार १३३ कम्पनीको सेयर मुल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको सेयर मूल्य ११२ रुपैयाँ ९० पैसा बढेर १ हजार २४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी, सोल्टी होटलको ६ करोड १७ लाख, ओरीजेन्टल होटलको ५ करोड ३९ लाख, एनआइसी एशीय बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बीमा उत्थान कम्पनीको ४ करोड ३३ लाख रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्