Skip to content
Shikhar Insurance
National Life

ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, आकर्षक घर जित्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडाैं। डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ ।

ई–सेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ई–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनीले अभियान अवधिभर हरेक महिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो ।

विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर प्रदान गर्नेछ ।

अभियानका विषयमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने, हामीले जुन उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो ।

यस अभियानले डिजिटल रेमिट्यान्सलाई बढाउन हामीलाई थप हौसला मिलेको छ । साथै उनले थपे, ‘ई–सेवा मनी ट्रान्सफरले नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न जुन अभियान सुरू गरेको थियो, यसमा हामी सफल भएका छौँ ।’

ई–सेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ई–सेवा मनी ट्रान्स्फरले डिजिटल माध्यमबाट ई–सेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

ई-सेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका १ लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्