Skip to content
Shikhar Insurance
National Life

संवैधानिक परिषद् नबोलाउने, प्रधानन्यायाधीश चाहियो भन्ने? : ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको मौजुदा सरकारले संघीयता कार्यान्वयनमा उदासीनता देखाएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले संघीयता कार्यान्वयनसँग गाँसिएका र आफूलो थालनी गरेको कामसमेत यो सरकारले गर्न नसकेको बताएका हुन्।

‘संघीयता कार्यान्वयनमा सफलता मिलेको बताइएको रहेछ, कसैसँग सल्लाह नगरेपछि सफल हुन्छ? राष्ट्रिय समन्वयपरिषद् बैठक नै बसेन, संघीय भावनालाई समातिएकै छैन। बजेट बनाउने बेला भयो, प्रदेश स्थानीय तहसँग कुनै सोधपुछ छैन, त्यो अहिले हुन सकेन,’ ओलीको आरोप थियो।

अहिले प्रधानन्यायाधीश चाहियो कि चाहियो भन्ने कुरा उठेको बताउँदै उनले सरकारले प्रमुख प्रतिपक्षले गर्दाखेरी नभएको प्रभाव पारेको पनि बताए।

‘यो २३ महिना संवैधानिक परिषद्को बैठक किन बोलाइएन एक पटक पनि ? एउटा प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिदिने? महाभियोगको प्रस्ताव निर्णयार्थ जान नदिने? यस बदनियतपूर्ण ढंगले काम गरेर अनि लोकतन्त्र हुन्छ? यसरी समयमा, न्यायिक र न्यायोचित ढंगले कामहरू हुन्छन् ? कमीकमजोरी आफू गर्ने दोष अरूको टाउकातिर लगाइदिने ? यो खालको परिपाटी छाड्नुपर्छ,’ उनले भने।

GBIME

प्रतिक्रिया दिनुहोस्