Skip to content
Shikhar Insurance
National Life

नीति तथा कार्यक्रममा सरकारले १५औं पञ्चवर्षीय कार्यक्रमको समीक्षा गर्न सकेनः ओली

Hyundai
NCELL
NIMB

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारको नीति तथा कार्यक्रमको चर्को विरोध जनाएका छन् । ओलीले नीति तथा कार्यक्रमले वास्तविक अर्थतन्त्रको समस्या बोक्ने नसकेको तर्क गरे ।

नीति तथा कार्यक्रम कस्तो रणनीति र गन्तव्यमा आधारित भएको ल्याइएको छ ? के तार्गेटहरु मिट गर्न नीति तथा कार्यक्रम लक्षित छ त्यो मैले पहिल्याउने कोसिस गरे । नीति तथा कार्यक्रम कुन ढंगबाट कुन लक्ष्य उद्देश्यसहित आएको छ सो पनि मैले पैलाउने कोसिस गरे’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘तर सरकारको नीति तथा कार्यक्रममा मैले त्यस्तो केही पाइन्।’

सार्वजनिक ऋण बढेको, राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्था पुगिसकेको र दोहोरो अंकनजिक पुगिसकेको बजार महँगी नियन्त्रण र आर्थिक समृद्धि सरकारको नीति तथा कार्यक्रम विमुख भएको उनले आरोप लगाए । सोही अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘रोम जलिरहेको छ तर निरो बाँसुरी बजाइरहेछ ।’ सरकारको नीति तथा कार्यक्रमले अहिलेको समस्या बोक्नै नसक्ने विरोधका साथ दाबी गरे ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमले १५ औँ पञ्चवर्षीय कार्यक्रमको समेत समीक्षा नगरेको बताए । ‘१५ औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो भएन रु कति उपलब्धि हासिल गर्न सकियो सकिएन समीक्षा गर्नुपर्नेमा त्यसमा सरकारको नीति तथा कार्यक्रम चुक्यो’, उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्