Shikhar Insurance
National Life

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्ः राष्ट्रपति पौडेल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणाम स्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए। राष्ट्रपति पौडेलले भने, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए। विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौं नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

“राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ”, राष्ट्रपति पौडेलले भने, “सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्