काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झाैतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंककाे देशैभरि १ सय ८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १ सय ३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्