Skip to content
Shikhar Insurance
National Life

जेठ २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै हिमाल दोलखा हाइड्रोपावर

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर अंंकित मूल्य १०० रुपैयाँ दरका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर असार १० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्