काठमाडाैं। मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्युरोडस्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले पोखराको न्युरोडस्थित कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्