Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य निरन्तर घट्दै, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल सुन तथा चाँदी बजारमा बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घट्दै तोलाको एक लाख १० हजारमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजावी सुनको मूल्य १ लाख ९ हजार २०० रुपैया कायम भएको छ । अघिल्लो कारोबारको दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलेका अनुसार चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघले जनाएको छ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्